असाेज २१ दाङ – तुलसीपुर ६ राजापुरमा रहेको स्वतन्त्र युवा क्लवको आज नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबका अध्यक्ष सन्दिप गौतमको अध्यक्षता एवं अपाङ्ग समाज सुुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुुमकान्त कडेलको प्रमुख आतिथ्यताम भएको भेलाले नयाँ कार्यसमिति चयन गरिएको हो ।

जसको अध्यक्षमा पुनः सन्दीप गौतमलाई चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा राजकुमार महतरा, उपाध्यक्ष मेघराज डिसी रहनुुभएको छ । त्यस्तै महासचिबमा टिकाराम न्यौपाने, सचिबमा सागर सुवेदी रहनुुभएको छ । त्यस्तै क्लबको सहसचिवमा अभिनास ज्ञवाली, कोषाध्य्क्ष मुना बिक, सह कोषाध्य्क्ष खेमराज न्यौपानेलाई चयन गरिएको हो । त्यस्तै सदस्यमा भुपेश के सी, अशोक शर्मा, अर्जुन रोकामगर, बसन्त राना, गणेश भण्डारी, सरु रिजाल र प्रबिन पुरी रहनुुभएको छ ।

त्यस्तै आज भएको भेलाले सल्लाहकारमा तेजप्रकाश पोखरेल, हुमकान्त कडेल, रोशन चौलागाईं र अरुन लहरेलाई चयन गरेको छ । क्लबको प्रेस सल्लाहकारमा एच आर मगर र हेमराज परिवर्तन रहनुुभएको छ । क्लबका सदस्य गणेश भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव टिकाराम न्यौपानेले गर्नुभएको थियो।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार