भदौ २४ काठमाडौ – अवैध रुपमा क्यान्सरको औषधीहरु बेचेकाे आराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ।

काठमाडौंको बुढानिलकण्ठ गल्फूटार एरियामा केहि व्यक्तिहरुले क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधीहरु भन्सार छली चोरी पैठारी गरि ल्याई अबैध रुपमा कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो काठमाडौ महानगरपालिका १४ महाराजगंज घर भई बुढानिलकण्ठ नगरपालिका ८ गल्फुटारबाट १९ वर्षिय प्रवल भण्डारीलाई पक्राउ गरेकाे हाे।

पक्राउ परेका भण्डारीकाे साथबाट Vivira 440 mg (10 packet), Mabtas 500 mg (1 packet), Nanoxel 100 mg (2 packet), Biomab (2 packet), Vomient (1 packet), Tagxix 80 (1 packet), Aromasin 25 (2 packet), Thalix (8 packet), Bleocel (6packet), Nummif spray (2 packet), Xgeva 120 mg (1 packet), Goviscon (2 packet).बरामद गरिएको छ। यी सामानकाे बजार मुल्य करिब नौ लाख बराबरकाे रहेकाे महाशाखाले बताएको छ।

भारतमा रहेका आफन्त मार्फत उक्त औषधीहरु मगाई बिगत लामो समयदेखि काठमाडौंका बिभिन्न औषधी पसल, हस्पिटल तथा क्यान्सर रोगका बिरामीहरुलाई गैरकानुनी रुपमा बिक्रि बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेेेेेकाे छ। थप अनुसन्धानको लागि भन्सार कार्यालय गौचरमा पठाईएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार