भदौ २१ काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा सामान्य देेेेखि भीषण वर्षा हुन सक्ने सम्भावना रहेकाे बताएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन सहित भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण पहाडी भूभागमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार