भदौ १६ काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन गर्ने निर्णय गर्दै समय तालिका सार्वजनिक गरेकाे छ।
बुधबार बाेर्डले परीक्षा तालिका सार्वजनिक गरी कोरोनाले रोकिएको परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको हो।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ। बोर्डले परीक्षा गत साउन ३१ गते सुरू गर्ने गरी तालिकासमेत सार्वजनिक गरिसकेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै परीक्षा रोक्न प्रस्ताव गरेपछि बोर्डले साउन २३ गते अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म स्थगित गरेको थियो। बोर्डका अनुसार करिब ४ लाख विद्यार्थी परीक्षामा सहभागी हुने छन्।
परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ । परीक्षा असाेज ८ गतेसम्म संचालन हुने बाेर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दाेस्रोपटक स्थगित गरिएकाे थियाे । यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियाे । परीक्षा गर्न अहिले सीसीएमसीले पनि अनुमति दिएकाे हाे।
समय तालिका