प्रेम माग्दा गरेको पुकार किन बिर्सेको
पाउमै परी गरेको गुहार किन बिर्सेको

अभावको पहाडले थिच्नै लागेको बेला
गुन गर्नेको हृदय उदार किन बिर्सेको

स्याहार नपाइ बिरामी भई थला पर्दाखेरि
कसले गर्दा भयो सुधार किन बिर्सेको

शत्रुसामु ढाल बनी तिम्रैसाथमा थिएँ
प्रहार भएका ती हतियार किन बिर्सेको

सयौँ जुनी तिमीसँगै बिताउँछु भन्थ्यौ
कसम खाएको त्यो विचार किन बिर्सेको

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार