भदौ ८ बर्दिया – घरमा काेहि नभएको समयमा करेन्ट लागेर एकजना बालककाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा गेरुवा गाउँपालिका २ पाताभाराका अनिल थारुकाे ६ वर्षिय छाेरा दिपेन चौधरी रहेका छन। घर नजिकै खेल्दै गरेकाेे अवस्थामा विद्युत तार चुडिएर नालीमा खसेको तारले दिपेनलाई भेटाएपछि उनकाे मृत्यु भएको प्रहरीले बताएको छ।

मृतककाेे आमा कामले बिहानै बाहिर तिर गएकाे र बुवा भारतमा छन। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा ल्याउदा डाक्टरले मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार