धेरै अहम नदेखाउ भो चिहान सबको एउटै हुन्छ
दिन चर्या त फरक होला,बिहान सबैको एउटै हुन्छ
बिषालु नजरले हेर्ने भए नबोल गुलियो बचन पनि
सोँच यहाँ जन्म मृतुको बिधान सबैको एउटै हुन्छ
छनत सबै मान्छेका आ_आफ्नै छन परिभाषा यहाँ
धनि र गरिवको प्यारमा वलिदान सबैको एउटै हुन्छ
नलगाउ ठेस कसैको पनि गरेको चोखो बिश्वासमा
स्वाभिमान र ईज्जतमा सम्मान सबैको एउटै हुन्छ
बल बिद्या बुद्धी बिबेक भाग्य कर्म त फरक होला
भेदभाव नगरी ईश्वरले दिने बरदान सबैको एउटै हुन्छ ।।