श्रावण ३० राेल्पा – बिहानै जिल्लाकाे माडी गाउँपालिकामा सवारी दुर्घटना हुदा एक जनाकाे घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन।
माडी गाउँपालिका स्थित स्मृति हस्पिटल प्रालीकाे रा १ च ७०५ नम्बरकाे एम्बुलेन्स बिहान करिब साढे तीन बजेतिर दुर्घटनामा परेकाे हाेे। दुर्घटनामा परी एम्बुलेन्स चालक माडी गाउँपालिका ६ जल्पा कोर्चवाङका ३७ वर्षिय ओमप्रकाश पुनको मृत्यु भएको र एम्बुलेन्समा सवार साेहि ठाउँका पृथ्वी प्रशाद पुन घाइते भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँले बताएको छ ।
एम्बुलेन्सले भैरहवाबाट कोर्चावाङ लाप्चनमा शव छाेडेर घर्तीगाउँ फर्कदै गर्दा शहीद मार्ग सडक खण्डको माडी-२ खोलबाङ भन्ने ठाउँमा दुर्घटना हुदा एम्बुलेन्स सडकबाट करिब ६ सय मिटर तल खाेचमा खसेकाे थियाे । उक्त सडकखण्ड जाेखिम रहेकाेे र झन वर्षायाममा एकदमै खराब भएकाे र चालक पनि रातकाे समयमा लामाे यात्रा भएकाे हुदा निन्द्रामा भएकाे हुदा दुर्घटना भएकाे हुन सक्ने इलाका प्रहरी कार्यालय घर्तिगाउँले प्रारम्भिक अनुमान गरेकाे छ।