हावा नभै पात ऑफै चल्यो कसो गरी?
आगो बिना मन त्यसै जल्यो कसो गरी?।

मरुभूमि जस्तो दिल पानी नभएको
बोट नभै फल त्यहाॅ फल्यो कसो गरी?

अनायासै कहाॅबाट आयो हुरी ठूलो
बिश्वासको खाॅबो ठाडै ढल्यो कसो गरी?

मुटुभित्रै तिमीलाई राखें भन्नेले त
स्वार्थ पुरा भए पछि छल्यो कसो गरी?

निष्कलंक थियो माया सेतो पन्ना जस्तो
ऊ ऑफैले कालोमोसो दल्यो कसो गरी?।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार