कोट देखेर पत्याइयो अनि भोट हालियो
खोट लुकेको था भएन अनि भोट हालियो।

ताल खाली भएको धेरै भाथ्यो ,भरिएला
पीडितको घाउमाथी फेरि चोट हालियो ।

ठुलो माछाको ठुलै आहारा अनि योजना
ओसेप थप्न रुख मुनि अरु बोट हालियो।

घर भत्केको बन्छ बन्दैन हेर्नू छ अझै
हावा सम्म नथेग्ने अस्थायी गोठ हालियो।

कसैको लाख करोडको दिन आउलान्
कमाएर एउटा आज हजारको नोट हालियो।

बन तिमी बन्नु छ, म देश बनाउँछु
कमसेकम भोक नलाग्ने अन्तिम चोट हालियो ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार