श्रावण २० दाङ – पेस्तोल र गोली सहित दुईजना पक्राउ दाङबाट पक्राउ परेका छन।
गढवा गाउँपालिका-१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो देखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन र २ थान गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी-३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी-८ बस्ने १९ वर्षीय राजा खान रहेका छन् । पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त हतियार सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
त्यसैगरी काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
उक्त संस्थामा बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पारी भागी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटर सहित पक्राउ गरेको । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।