श्रावण १४ काठमाडौ – मानव बेचबिखनमा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१६ इनर्वाबाट मंगलबा झापा विर्तामोड-९ ठेगाना भएकी २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका-१२ ठेगाना भएकी १९ वर्षीया खुश्बु विश्वकर्मा रहेका छन । झापाबाट १६ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने विशेष सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेकाे हाे।

भारतीय काउन्टरपार्ट्ससँगको समन्वयमा उनीहरुको पिडित दुई युवतीको सकुशल उद्धार गरेको गरिएको छ। उनीहरुले ती युवतीलाई वीरगंज अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभनमा पारी वीरगंज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्‍याउने भन्दै झुक्याई भारत बिहारको छौँडादानो भन्ने स्थानमा लगी भारतकै अन्यत्र पठाउन खोजेको खुल्न आएको छ ।

पक्राउ परेकि दुई महिला माथि जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान भइरहेको र साथै उक्त घटनामा संलग्न हाल फरार अन्य ३ जनाको समेत प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार