श्रावण १२ कालिकोट – केही समय अघि देखि सामाजिक सञ्जाल लगाए विभिन्न मिडियाहरुमा आफुलाई मेमाेरि किङ भन्दै चर्चा बटुलेका विजय शाही अन्तत झुठ सावित भएका छन।

उनी विवादमा तानिएको भएकाे पनि शाहीले भने स्विकार गर्न मानेका थिएनन। दिन प्रति दिन उनकाे कालाे कर्तुत मिडियामा देखिएपछि र केही मान्छेलाई आफू जस्तै अब्बल बनाउने भनी लाखौं पैसा असुलेकाे भेटिए पछि उनी लुकिछिपि बस्दै आएका थिए। उनकाे अफिसमा दैनिक प्रहरी र मिडियाले खाेजि गरेपनि भेटिएका थिएनन। यतिकैमा उनी निकट व्यक्तिले शाहीको मृत्यु भएको खबर सार्वजनिक गरेपछि प्रहरीले सक्रियताका साथ खाेजि गरेकाेे थियाे ।

प्रहरीले शाहीलाई मङगलबार  कालिकाेटकाे महावै गाउँपालिकामा रहेकाे आफ्नै घरमाा रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेेेेेटले बताएको छ। शाहीलाई लुकाउन उनी निकट व्यक्तिले शाही मरेकाे पाेष्ट सार्वजनिक गरेकाे तर शाहीले आफू केही दिन यतअ बिरामी परेपछि घरमै आराम गरेकाे आफू नभागेकाे बताएकाे जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहीले बताए।

शाही माथि विभिन्न व्यक्तिले लाखौं रकम ठगिकाे आराेप मिडिया मार्फत लगाए पनि अहिलेसम्म कुनैपनि प्रहरी कार्यालयमा आधिकारिक उजुरी नपरेकाे तर शाहीकाे कर्तुतलाई अनुसन्धान गरिरहेकाेे डीएसपी शाहीले बताए।

प्रकाशित मिति : २०७८ साउन १२ गते मङ्गलवार