असार १५ दाङ – जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर आएका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले सोमबार देखि कार्यभार सम्हालेेेका छन। सर्वोच्च अदालतको आदेशबाट गृहमन्त्री खगराज अधिकारी पदमुक्त हुनुअघि नै कुरुम्वाङ दाङमा सरुवा सिफारिसमा परिसकेका थिए।

कुरुम्वाङ एक वर्षको बीचमा तीन ठाउँमा सरुवा भएका छन् । बर्दियामा २० महीना सीडीओ बनेर बसेका उनलाई कोरोना संक्रमणको पहिलो लहरले सबैभन्दा बढी भयावह भएकाे बाँकेको जिम्मेवारी दिएर पठाइएको थियो। चुनौतीपूर्ण अवस्था खेप्दै जिम्मेवारी सम्हालेका कुरुम्वाङले सबैकाे मनजितेर असल नेतृत्वकाे सफलता पाए।

असार १८ गते अवकाश हुन लागेका दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल हुुदै गर्दा उनकै रोजाइमा गृह मन्त्रालयमा तानेर कुरुम्वाङलाई दाङ पठाइएको थियाे। कुरुम्वाङ उपसचिव बनेको १२ वर्षको बीचमा नौ जिल्लाको प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी पुरा गरिसकेका छन। सुरुमा ताप्लेजुङको हुदै म्याग्दी, सोलुखुम्बु र अछाम जिल्लाको प्रजिअ बनेका थिए ।

जनहितमा जारी सन्देश

अछामबाट उनी रुपन्देहीमा सहायक सीडीओको रुपमा सरुवा भए । रुपन्देहीमा १० महीना बिताएका उनी त्यहाँबाट प्युठान सरुवा भए । प्युठान जिल्ला अढाइ वर्ष प्रजिअ बनेर गृह मन्त्रालयमा सरुवा भए । गृहमा केही महीना बिताएपछि उनी बर्दियाको प्रमुख जिल्ला अधिकारी बनेर गएका थिए। कुरुम्वाङ बर्दिया हुदा देखि नै प्रशासनिक कार्यमा चर्चामा चुलिएकाा हुन। गृह मन्त्रालयले गरेको कार्यमूल्यांकनमा उनी देशभरका प्रमुख जिल्ला अधिकारीहरुमध्येमा सर्वोत्कृष्ट भएका थिए । बर्दियाको सीडीओ रहेकै बेला उनले एक निजी संस्थाले प्रदान गर्ने इन्ट्रिगेटी आइडलको उपाधि पनि जितेका थिए ।

बाँकेमा ११ महिना बिताएर कुरुम्वाङ कैलालीको टीकापुर इलाका प्रशासन कार्यालयमा सरुवा भए । टीकापुरमा बसेको दुई महिनामै उनलाई सुर्खेत अख्तियारको कार्यालयमा सरुवा गरियो। तर सुर्खेतमा हाजिर हुन नपाउँदै उनलाई गृह मन्त्रालयमा तानियो र गृहबाट दाङ पठाइएको हाे।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार