जेठ ११ राेल्पा – आफ्ना स्वर्गवास भएका पितृजनकाे सम्झनामा गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयाेग गरिएको छ।

स्व.बाबा ओपिन्द्र बहादुर खत्री ,स्व.हजुर बुवा उदिराम खत्री ,स्व.हजुर आमा लिलु खत्री प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै राेल्पा त्रिवेणी गाउँपालिका वडा ३ रातामाटा निवासि तथा हाल दाङमा बसाेबास गर्ने विगत लामाे समय सम्म जनकल्याण मावि सिम्पानीमा बिज्ञान शिक्षककाे रुपमा कार्यरत हाल निजामती सेवामा प्रबेश गरि ईलाका हुलाक कार्यालय उरहरी दाङका कार्यालय प्रमुख तथा कान्छाे छाेरा मिन बहादुर केसीले बैशाख शुक्ल चतुर्दशीकाे दिन ५ अाैँ पुण्य तिथिकाे अबसर तथा स्वर्गवास गर्नुहुने पितृहरुकाे बैकुण्ठमा बासकाे कामना गर्दै त्रिवेणी गाउपालिका भित्रका अति विपन्न दुखि पिडित गरिबहरुलाई भनि ४ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ ।

जनहितमा जारी सन्देश

उक्त रकम त्रिवेणी गाँउपालिकाकि प्रेस संयाेजक प्रतिज्ञा मगर मार्फत गाउँपालिकाकाे कार्यलयमा पठाउँनु भएकाे छ । गाउँ पालिककि प्रेस संयाेजक प्रतिज्ञा मगरले उक्त रकम बैंक खातामा मार्फत बुझ्दै “पुण्य र धर्म गर्नलाई मठ मन्दिर गुम्बा बिहार चर्च जानै पर्दैन् गरिव दुखिकाे घाउँहरुमा मलम पट्टी लगाउँन उहाँहरुले गर्नु भएको काम नै पुण्य हाे,हजुरहरुकाे जस्ताे महान कार्य र साेच भएकाे मनकारी दयालु सहयोगी भाव बाेकेकाे मान्छे हुनुहुन्छ तपाईंको याे सेवा रुपि भावनालाई मनैदेखि हाम्रो सिङ्गो पालिकाकाे तर्फ देखि बिशेष धन्यवाद दिन चाहान्छाैं । काेराेनाकाे विषम परिस्थितिमा पनि आफनाे खुल्ला हृदय खाेलेर जुन रकम पठाउँनु भएकाे छ याे रकम लकडाउन खुल्ने बित्तिकै र परिस्थिति सामान्य भएपछि सिङ्गो गाउँ पालिकाकाे उपस्थितिमा हाम्रो गाँ.पा.भित्रका सबै भन्दा बिपन्न परिवारलाई कार्यक्रम गरि हस्तान्तरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार