श्रावण १८ राेल्पा – नागरिकको सुरक्षाका लागि अहाेरात्र खटिने एक सुरक्षा निकाय हाे नेपाल प्रहरी । आजभाेलि याे काेराेनाकाे महामारीका बिच झन सुरक्षा चुनौतीमा सकस परिरहेको बेला जिल्ला प्रहरी कार्यालय राेल्पाले एक उदाहरणीय काम गरेकाे छ ।  केहि महिना देखी मुटुरोगबाट पिडीत हुदै आएकी एक बालिकालाई जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।

रोल्पाको लुङग्री गाउपालिका वडा नं. ६ गुम्चाल बस्ने १५ बर्षीया लाल कुमारी बिष्टलाई सम्पूर्ण प्रहरी कर्मचीहरुले नगद संकलन गरी पिडीत बालिकालाई हस्तान्तरण गरिएको हो । प्रहरी कर्मचारीहरू बाट संकलन भएको १७ हजार ५ सय ८६ रुपैया कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक चित्र बहादुर गुरुङले पिडीत बालिकालाई हस्तान्तरण गर्नु भएको हो । घरको आर्थिक अवस्था कमजोर भएकी बालिकाको गत बर्ष पुषमा जिल्ला अस्पताल रेउघामा सन्चालन भएको मुटु रोग सम्वन्धी स्वास्थ्य शिवीरमा चेकजाच गर्दा मुटुको भल्भमा समस्या रहेको रिपोर्ट आएको थियो ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार