श्रावण १७ राेल्पा – जिल्लाकाे रुन्टिगढि गाउपालिकामा कुटपिट बाट एकजनाकाे मृत्यु भयकाे छ । हिजाे साझ करिब ६:३० बजेको समयमा रुन्टिगढि गाउपालिका ६ सालवाङ बस्ने बर्ष ६५ का गोठे बुढा दाङ घोराही उ.म.न.पा १२ हापुरबाट घर तर्फ आउदै गर्दा रुन्टीगढि गाउपालिका ६ भनझ्याङ खोलामा साेहि ठाउँ सालडाँडा बस्ने प्रेम बस्नेतको छोरा बर्ष २४ को ईश्वर बस्नेतले निज गोठे बुढाको साथमा रहेको नगद रु ५०००।- र हातमा लगाएको घडि लुटि लिएकोमा निज गोठे बुढा गाँउमा आई स्थानियलाई खबर गरे पश्चात स्थानिय १४ जनाको समुह राति करिब ०१:०० बजेको समयमा निज ईश्वर बस्नेतको घरमा गई ढोका खोल्नुहोस भनि ढोका ढक्ढकाउदा निज ईश्वर बस्नेत घरको झ्यालबाट हामफालि भाग्ने क्रममा घर नजिकै उल्लेखित १४ जनाको समुहले छोपि कुटपिट गर्दा ईश्वर बस्नेत घाईते भई उपचारको लागि उक्त समुहले बिहान करिब ६:०० बजेको समयमा स्वास्थ्य चौकी डुुुुुुब्रिङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि दाङ तर्फ लैजाने क्रममा रुन्टीगढि गाउपालिका ६ भनझ्याङ खोला नजिक करिब बिहान १०:०० बजेकाे समयमा ईश्वर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले बताएको छ ।
उक्त खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय हाेलेरीबाट प्रहरी निरीक्षक मेघनाथ चापागाईको कमाण्डमा ७ जनाको टोलि खटि उक्त घटनामा संलग्नााई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रुन्टिगढि गाउपालिका ६ सालबाङ निवासी ३९ वर्षिय भिम बहादुर बस्नेत र उनकाे छाेरा २४ वर्षिय कमल बस्नेत, ३३ वर्षिय झुपलाल बुढा, ३९ वर्षिय प्रेम बुढाथोकी,३५ वर्षिय चेतलाल साहु र उनकाे छाेरा २२ वर्षिय टाेपेन्द्र साहु,३९ वर्षिय चन्द्रलाल राेका रहेका छन । यसैगरी,२८ वर्षिय दिल बहादुर राेका,३१ वर्षिय धनसिङ्ग बुढाथोकी,१८ वर्षिय प्रकाश बुढा,२० वर्षिय ठकेन्द्र बुढा,२० वर्षकै प्रेम बुढा,२५ वर्षिय हिरा बहादुर बुढा र ३५ वर्षिय तिल बहादुर चलाउने रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रहरी नायब उपरिक्षक चित्रबहादुर गुरुङले बताउनु भयाे । शवलाई पाेष्टमाटमकाे लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहि दाङ पठाएको छ ।