बैशाख २३ राेल्पा – गुप्तीदह बचत तथा ऋण सहकारी संस्थामा गयराती अज्ञात समूह द्वारा चाेरी भएकाे छ।
त्रिवेणी गाउँपालिका वडा न ४ सिम्पानीमा अबस्थित सहकारी संस्थामा ताल्चा फाेरेर उक्त समुहले नगद साढे ३ लाख रुपैयाँ लगेकाे सहकारी सँस्थाका अध्यक्ष पदम बहादुर घर्ती (अनिल) ले जानकारी दिनु भएकाे छ।
लकडाउनकाे माैका छाेपेर राति काेहि कार्यालयमा नभएकाे अबस्थामा चाेरले लगाएको ढाेका ताल्चा र पैशा राखेकाे घर्रा फाेडेर उक्त रकम लगेकाे छ। भने अहिले प्रहरी घटनाको मुचुल्का उठाईसकेकाे छ । चाेरी गर्ने समुहको खाजिकार्य सहित अनुसन्धान भईरहेकाे काेईला प्रहरी चाैकीका असई ईश्वरी भण्डारीले जानकारी दिनु भएकाे छ।