बैशाख २० रोल्पा – काेराेनाले भयावह रुपलिन थालेपछि राेल्पामा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

साेमबार जिल्ला कोभिड-१९ संकट व्यस्थापन केन्द्र(डिसिसिएमसी)काे बैठकबाट उक्त निर्णय गरिएको हाे। वैशाख २२ गते बुधबार बिहान ६ बजे देखि लागू हुनेगरी जेष्ठ ५ गते राति १२ बजे सम्म निषेधाज्ञा लगाउने निर्णय भएको छ।

जनहितमा जारी सन्देश

राेल्पामा पछिल्लो तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । जिल्लामा माग अनुसार प्रयाप्त रुपमा एन्टिजेन्ट टेस्ट कीट र ल्याव नभएकाे हुदा परीक्षणमा समस्या र ढिला सुस्ति हुनेहुदा जाेखिम बढे संग‌ै निषेधाज्ञा गर्नुपरे डिसीसीएमसीकाे निर्णय रहेकाे छ।

निषेधाज्ञा अवधि भर स्वास्थ्य मापदण्ड पालना गरि अत्यावश्यक खाद्यान्न पसलहरु हरेक दिन बिहान ७ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म दिनमा चार घण्टा मात्र खुल्न दिने निर्णय गरिएको छ। भने स्वास्थ्य अन्तर्गतका सबै सेवाहरु पुर्णरुपमा खुल्ला रहने छन। त्यसैगरी सबै स्थानीय तहले अनिवार्य रुपमा एकएकवटा आइसाेलेशन सेन्टर अनिवार्य निर्माण गरि संकास्पद संक्रमित तथा बाहिरबाट आएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मिकाे निगरानीमा दस दिन राख्नुपर्नेे छ।

स्वास्थ्य कार्यालयले प्रदेश जनस्वास्थ्य कार्यालय संग एन्टिजेन्ट टेस्ट कीट, अक्सिजन सिलिन्डर, पिपिई लगायतका स्वास्थ्य सामाग्री माग गर्ने निर्णय पनि गरिएको छ त्यस्तै जिल्ला भर अहिले निर्माणाधीन सार्वजनिक निर्माणका कामहरु निरन्तर चल्नेछन।

निर्णय पत्र

नेपाल सरकारकाे निर्देशन अनुसार ग्रामीण क्षेत्रमा सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि पुगेमात्रै निषेधाज्ञा गर्नुपर्ने व्यवस्था छ। तर राेल्पामा अहिले तथ्यांकमा संक्रमित संख्या पूरा नभए पनि दशवटा स्थानीय तहकाे तत्कालीन अवस्था हेर्दा २ सयभन्दा बढि हुन जाने आकलन गरिएको छ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार