बैशाख १९ बुटवल – लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पाेखरेलले राजिनामा दिएर एमालेकाे एकल सरकार बनाउने तयारी गरिरहेका बेला अल्पमतमा परेका छन।

जनहितमा जारी सन्देश
दाङको प्रदेश सभा ३ (ख) बाट प्रत्यक्ष निर्वाचित बिमला वली नेकपा माओवादीमा गएपछि मुख्य मन्त्री पाेखरेल अल्पमतमा परेका हुन। तर नेकपा फुटदा एमाले तिर नै रहेकि वली अहिले नेकपा माओवादीमा फर्किएकि हुन। उनी एमाले तिर रहदा पनि माओवादीले उनलाई कुनै कारबाही गरेकाे छैन। लुम्बिनी प्रदेशमा जम्मा सदस्य संख्या ८१ छन ती मध्ये नेकपा एमालेका ४० सदस्य भएका छन् ।
दाङ प्रदेश सभा ३ (ख) बाट उत्तरकुमार वली विजयी भएका थिए। उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनमा उनकी श्रीमती विमला वलीले चुनाव जितेकी थिइन् ।

जनहितमा जारी सन्देश