बैशाख १७ राेल्पा – सडक दुर्घटनामा परी ज्यान गुमाएकाहरुकाे घरपरिवारले मृतक आफन्तहरुकाे समझनामा स्मृति मन्दिर शिलान्यास गरेका छन।

दाङबाट रोल्पाको गंगादेव गाउँपालिकाको लागी छुटेकाे लु १ ज २९११ नम्बर को डबल क्यापजिप गत कात्तिक २२ गते करिब साझ ५ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका ४ ढुङ्गागाडे भन्ने ठाउमा जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परि ६५ वर्षिय गंञ्ज बहादुर बुढा , ४२ वर्षिय गाडि चालक भिम बहादुर वली र १७ बर्षिय भिम बहादुर बुढाको घटना स्थलमै मृत्यु भएको थियो । मृतक स्व: गंञ्ज बहादुर बुढा , गाडी चालक स्व भिम बहादुर वली र स्व: भिम बहादुर बुढाको शोकमा छैटो पुन्य थितिमा मन्दिर शिलन्याश गरिएको हो।

मृतकका घर परिवार दुर्घटना स्थानमा पुगि मृ्तक को आत्माको चिर शान्तिको लागि सम्झना स्वरूप मृतका तस्विर सहित शिलन्यास गरिएको छ। मन्दिरमा मृतकका तस्बिर अनावरण गरि शोक सभा सम्पन्न गरिएकाे छ । अब त्यस ठाउँमा कुनै पनि सवारी साधन दुर्घटना नहोस भनि भगवान संग परिवार जनले प्रार्थन समेत गरेका छन। अब फेरी वार्षिक तिथि पनि घटना स्थानमा पुगेर गर्ने मृतकका घरपरिवारले जानकारी दिएका छन।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार