बैशाख १७ जाजरकोट – चट्याङ लागेर जाजरकोटमा १ जनाको मृत्यु भएको छ । विहिवार बेलुका ५ बजेतिर चट्याङ लागेर जिल्लाको छेडागाड नगरपालिका १२ का २६ वर्षिय गणेश बुढाको मृत्यु भएको हो ।

शिवालय गाउँपालिका १ स्थित वडा कार्यालयको काठ चिरेर समान राख्न स्थानीय पसलमा जादै गर्दा चट्याङ लागेर बुढाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

जनहितमा जारी सन्देश

घटना पछि स्थानीयले दिएको जानकारीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खुमानन्द पाण्डे नेतृत्वको टोली घटनास्थल पुगेर मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याई पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार