बैशाख १६ राेल्पा – गत साेमबारबाट भएकाे आगलागीबाट घरवारविहीन भएका पिडीतहरुलाई हेम एण्ड माया फाउन्डेसन नेपालले आर्थिक राहत सहयाेग गर्ने भएको छ।

फाउन्डेसनका केन्द्रीय अध्यक्ष हेम थापा भन्छन्; `वनबाट आगो मानव बस्तीमा फैलदा अहिले सम्म जति घर जलेर नष्ट भएको खबर आएकाे छ। उक्त खबरले म अति नै दुःखी छु । त्रिवेणी गाउँपालिका वडा नंबर २ का दाजुभाई,दिदीबहिनी र आमाबुबाहरूलाई दु;खकाे घाउमा केही मलम लाउनको लागी हेम एण्ड माया फाउन्डेसन मार्फत रू.५०,०००(पचास हजार) सहयोग गर्ने निर्णय गरेको छु ।´

त्रिवेणी गाउँपालिका–२ नुवागाउँस्थित सामुदायिक वनबाट फैलिएको आगो पिराले गाउँका ४१ घरगाेठ खरानी बनाउदै छिमेकी गाउँपालिका रुन्टिगढीकाे वडा नम्बर ९ मा एक गाेठ समेत खरानी भएपछि नियन्त्रणमा आएकाे छ। वनबाट सुरु भएको आगाे फुसकाे छानाे भएकाे गाउँमा फैलदा नियन्त्रणकाे प्रयास गर्दा गर्दै गाउँ नै खरानी बनेको हो। गाउँ नै खरानी भएपछि पिडामा त छन नै गाँस बासको निश्चित टुङ्गो समेत छैन। उक्त क्षेत्रमा खानेपानीको पहिले देखि नै समस्या रहेेेेेकाेमा शौर्य लिफ्ट प्रविधिबाट तानेर पानी ल्याएकाे पानी पनि आगलागीबाट क्षति भएपछि त्याे पनि बन्द भएको छ।

अहिलेसम्म पिडित बस्तीमा नेपाल रेडक्रस साेसाइटी,गाउँपालिका ,वडापालिका लगायतका केही निकाय मार्फत केही खाद्यान्न सहयोग आयपनि त्याे अहिले हात्तीको मुखमा जिरा झै भएकाे छ। सबै भन्दा वृद्धवृद्धा, सुत्केरी, गर्भवती र साना साना बच्चाहरुको सबैभन्दा बढी बिचल्लीमा परेका छन।

हेम एण्ड माया फाउन्डेसनको संक्षिप्त परिचय;

तेह्रथुम जिल्लामा जन्म लिएका थापा लामाे समयदेखि अमेरिकाको न्युयोर्क राज्यमा बस्दै आएका छन। उनि त्यहा परिवार संगै छन। उनी र उनकाे श्रीमती माया थापा दिनकाे १५-१८ घण्टा काम गर्छन। यसैगरि विगत देखि नै समाजसेवामा समर्पित थापा परिवारले अहिले सम्म देश विदेशमा सहयाेग गरेर करिब १४ कराेडकाे हाराहारीमा आर्थिक खर्चिएकाे बताउँछन्।

यसैगरी सहयाेग गर्दै जादा उनले हेम एण्ड माया फाउन्डेसनको नाम दिएर दर्ता प्रक्रिया पूरा गरि सामाजसेवा गरिरहेका छन। विगतका दिनहरुमा दिर्घराेगी,अपाङ्ग,गरिब परिवारलाई सहयाेग गर्दै आयकाे फाउन्डेसनले गत वर्ष लकडाउनकाे समयमा देशका विभिन्न ठाउँमा नि:शुल्क खाद्यान्न वितरण गर्दा करिब ६०-६५ लाख खर्चिएकाे फाउन्डेसनकाे तथ्यांकमा छ। त्यसपछि फाउन्डेसनलाई अझ सेवामुखि फाउन्डेसनको सङगठन तयार गरिएको छ। जसमा केन्द्रीय समिति,प्रत्येक प्रदेशमा प्रदेश स्तरीय समिति र जिल्ला समिती बनाउने निर्णय गरिएको छ। केन्द्रिय र प्रदेश समिति तयार भइसकेको छ भने प्रदेश समितिले प्रत्येक जिल्लामा प्रतिनिधि बनाइसकेकाेेे छ कतिपय जिल्लामा जिल्ला समिति तयार भयाे भने कतै बनाउने तयारी छ। फाउन्डेसनकाे सङगठन प्रवासमा पनि गठन भएका छन। भारत,मलेसिया,जापान,काेरिया,साउदी,दुबई,कतार र कुवेतमा पनि गठन भइसकेको छ।

गत हिउँदे मौसममा `न्यानाे अभियान´ अभियान संचालन गरेर सातवटैै प्रदेशका विभिन्न जिल्लामा गरिब विपन्न परिवारका लागि ब्लाङकेट वितरण गरिएकाे थियाे। बिरामीकाे लागि दैनिक जसाे नै १०/२० हजारका दरले सहयाेग गर्दै आएकाे छ। अब याे काेराेनाकाे महामारीमा अक्सिजनकाे चरम अभावलाई मध्यनजर गर्दै अक्सिजन सिलिन्डरकाे आवश्यकता परेका स्वास्थ्य संस्थाहरुमा सहयाेग गर्ने याेजना रहेकाे अध्यक्ष हेम थापाकाे भनाई छ।

जनहितमा जारी सन्देश

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार