बैशाख २ राेल्पा – हिमशिखर जनजागरण युवा क्लबकाे नव निर्मित भवन बुधबार उदघाटन एवम् नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गंगादेव ७ तिम्लेमा सम्पन्न भएको छ ।

क्लब अध्यक्ष लोकेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा गंगादेव गाउँपालिकाका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियोे । बिशिस्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष रिता घर्ती रहनु भएको थियोे । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष तुल बहादुर घर्ती,गाउँ कार्यपालिका सदस्यहरु चमेलि घर्ती,टीका बिक,नेकपा माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सल्लाहकार बिजय कुमार घर्ती,नेकपा एमाले रोल्पाका सदस्य रोशन वली,नेपाली काङ्ग्रेस गंगादेव सभापति दिपेन्द्र बहादुर डागी, माओवादी केन्द्र रोल्पा जिल्ला सदस्य टङ्क बहादुर वली टाइगर ,गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तन ,पोस्ट पाटी मिडिया प्रतिनिधि कुल बहादुर गुरुङ ,विभिन्न विद्यालयका शिक्षकहरु,आमा समूह,युवा ,विद्यार्थी लगाएतको उपस्थिति रहेकोे थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले रिवन काटेर कलवको ३ कोठे भवनको उदघाटन गर्नु भएको हो । उहाले स्थानीय सरकारले गरेका काम ,विकास निर्माणको जनताले मुल्यांकन गर्ने बताउदै गंगादेवमा नेपाली काङ्ग्रेसबाट पुर्व सिचाइ राज्य मन्त्री भएका अमर पुनले एउटा पानी धारा बनाउन नसक्ने ,बिजुलीका पोल आफ्नो जग्गामा गाडेको भन्दै उठाउन लगाउने र स्थानीय सरकारले गरेका विकास निर्माणमा नकारात्मक भ्रम छरेको बताउनु भएको छ । उक्त भवनको लागि गत आर्थिक बर्षमा ४ लाख र अहिले ५ लाख बजेट बिनियोजन गरिएको छ ।

बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष रिता घर्तिले युवाहरुले भवन निर्माण, स्थानीय कला सस्कृतिको उत्थानमा राम्रो गरेकोमा धन्यवाद दिनु भएको छ । उहाले पछिल्लो समयमा लैङ्गकि हिंसाका घटना बढदै गएकाले कोहि पनि चुप लागेर नबस्न अनुरोध गर्नु भएको छ। अतिथि वडा नम्बर ७ का अध्यक्ष तुल बहादुर घर्तिले बिकास निकासका गतिविधि सकारात्मक तरिकाले अगाडि बढिरहेको बताउदै २/४ जना साथीहरूले सामाजिक संजालमा गलत र तुच्छ तरिकाले लेखेको बताउदै सहि सदुपयोगको शुझाव दिनु भएको छ । नेकपा एमाले रोल्पा जिल्ला सदस्य रोशन वलीले नेकपा एमालेको सरकारले बृद्ध भत्ताको थालनी गरेको र कम्युनिस्ट सरकारले सुखी नेपाली र समृद्धि नेपालको सपना पूरा गर्ने लक्ष्य राखेको बताउनु भएको थियो ।

नेपाली काङ्ग्रेस गंगादेव सभापति दिपेन्द्र बहादुर डागीले बिकासमा सबै दल मिलेर अगाडि बढ्नु पर्ने बताउनु भएको छ। माओवादी केन्द्रका प्रतिनिधि बिजय घर्तिले काङ्ग्रेसका केही व्यक्तिले राजनीतिक प्रतिसोध साध्न मुद्दा मामिला गरिरहेको बताउनु भएको छ । उहाले वडा नम्बर ७ मा माओवादी केन्द्र प्रतिपक्षी दल रहेको बताउदै राजनीतिमा इमानदारीता देखाउन सुझाव दिनु भएको छ । कार्यक्रममा सहयोगी दातालाइ प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि ,बिशिस्ट अतिथी,अतिथिलाइ मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रमको सन्चालन कलवका संस्थापक अध्यक्ष करण केसीले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार