चैत १ सिरहा – मालपोत कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएकाे छ। विष्फोटमा परी ८ जना घाइते भएका छन । जसमध्ये २ जनाकाे अवस्था गम्भीर भएकाेे बताइएको छ।

बिस्फोट भएकाे ठाउँ तस्बिर सामाजिक संजालबाट
प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार बम विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा(गोइत समूह)पर्चा भेटिएको छ। घटनामा ४ जना सामान्य घाइते भएका छन्। गम्भीर घाइते भएका मध्ये दुई जना मालपोतका कर्मचारी समेत छन।
विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएकाेे जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले बताए ।
गोइत समूह दोस्रो तहका नेता रामविलास यादवले आजै प्रशासनसँग आत्मसमर्पण गरेका थिए। उनले आज बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति निकालेर आत्मसमर्पण गरेका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।