फागुन १६ राेल्पा – काेपिला महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड त्रिवेणी गाउँपालिका ७ गैरिगाउ रोल्पाले आफ्नो आठौं साधारण सभा तथा दोस्रो अधिवेशन समारोह सम्पन्न गरेको छ ।

संस्थाकि अध्यक्ष चिजमालि बाठाकाे सभाध्यक्ष्तामा सुरुभएको कार्यक्रममा प्रमुख अथिति त्रिवेणी गाउपालिका गाउ कार्यपालिका सदस्य गिता कुमारी नेपाली बिशिस्ट अथितिमा त्रिवेणी गाउँपालिका ७ नम्बर वडा पालिका सदस्य खेम बावु राजा डिसी अथितिहरुमा नेपाल कम्युनिस्ट पार्टी नेकपा त्रिवेणी गाउँपालिका ७ नम्बर वडा इकाई कमिटी अध्यक्ष दिपेन्द्र बुढा , नेपाली काङ्ग्रेस त्रिवेणी गाउँ पालिका ७ नम्बर वडा इकाई सभापति मान बहादुर पुन , स्वास्थ चौकी गैरिगाउ रोल्पाकि अ.न.मि लाल कुमारी पुन , नेपाल रेडक्रस सोसाइटी उपशाखा गैरिगाउ रोल्पाकि उपाध्यक्ष भिमा वली , सामुदायिक रेडियो पल्लवी रोल्पाका अध्यक्ष डम्बर बहादुर पुन , दिपमाला महिला बचत तथा ऋण सहकारी संस्थाकि सचिव राम कुमारी डागी , ग्रामीण कृषि सहकारी संस्था का अध्यक्ष भुपेन्द्र चन्द लगायत रहनुभएको थियोे ।

उक्त कार्यक्रमा संस्थाकि लेखा संयोजक पुष्पा श्रेष्ठ बाठाले स्वागत मनत्व्य राख्नु भएको थियोे । भने प्रगति प्रतिवेदन संस्थाकि व्यवस्थापक नन्दा घर्ती र आर्थिक प्रतिवेदन संस्थाकि ऋण संयोजक उन्नति घर्ती बुढाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण संस्थाकि सदस्य अम्बिका बुढा पुनले गर्नु भएको थियो । साथै संस्था दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।

नयाँ कार्यसमिति पदाधिकारीमा अध्यक्षमा चिजमाली बाठा उपाध्यक्ष तेज कुमारी घर्ती कोषाध्यक्षमा कौशिला वली सचिवमा गिताकुमारी नेपाली सदस्यहरुमा तिर्मला रोका पुन ,ओनशरी वली , तृपना घर्ती , आशा पुन ,अम्बिका बुढा पुन , ऋण संयोजकमा उन्नति बुढा घर्ती र लेखा संयोजकमा पुष्पा श्रेष्ठ बाठालाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार