फागुुुन ७ सल्यान – दार्मा गाउँपालिका वडा नं ५ को भवन निर्माणकाे लागि जग्गा उपलब्ध गराने जग्गा दातालाई सम्मान गरिएको छ।

वडा कार्यालयका लागि दार्मा गाउँपालिका वडा नं ५ भोपाल्न निवासी राम बहादुर हमाल र जीम कुमारी हमालले ३ रोपनी निःशुल्क जग्गा दान गर्नु भएकाे छ। ५ न वडा कार्यालय ले आज एक भव्य समारोहका बीच सम्मान कार्यक्रम गरेकाे छ। कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, वडा न. ६ का वडाअध्यक्ष दुर्गा बहादुर मल्ल लगायत जनप्रतिनिधिहरु, राजनितीक दलहरुबाट नेकपाका जिल्ला नेता अनन्त शर्मा, दल बहादुर केसी, शेर बहादुर केसी, नेपाली कांग्रेसका कूल बहादुर चन्द तथा जिल्ला पशु सेवा अस्पतालका डा. कपिल प्रसाद उपाध्याय, शिक्षा शाखा प्रमुख शेर प्रसाद ढकालले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो।

वडा नं ५ का वडा अध्यक्ष राम बहादुर केसीकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सुदिप केसीले दिएका थिए भने कार्यक्रमकाे संचालन वडा सचिव केशव केसीले गरेका थिए। कार्यक्रममा आमा समुह, महिला समुह र सहकारीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए भने स्थानीय बाजा गाजा र दमाहा सहित स्थानीय झाकिहरु पनि प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार