२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ परेका छन

२५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैकका तत्कालिन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत सल्यान घरभई हाल नेपालगन्ज उपमहानगरपालिका – २० बस्ने ६५ वर्षिय राजेन्द्र वीर राय रहेको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युराेले जनाएको छ।

उनलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका -१ बेहलिया नेपाल भारत सिमाबाट शनिबार पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

अहिले उनी माथि बैंकिङ कसुर सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयका थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए।

पक्राउ परेका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो । हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार