दाङकाे तुलसीपुरमा चाउचाउकाे प्रलोभन देखाएर ७ वर्षिय बालिका माथि बलात्कार भएको छ।

शनिबार दिउँसो अन्दाजी १ बजेकाे समयमा तुलसीपुर उप-महानगरपालिका वडा नं.४ हलवार बस्ने ७ वर्षिय बालिकालाई चाउचाउ खान दिने भन्दै ललाई फकाई साेहि ठाउँका १६ वर्षिय किशोरले आफ्नै घर भित्र कोठामा लगी जबरजस्ती करणी गरेको खुल्न आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

ती बालिका आराेपित किशोरकाे घरमा नै खेल्न गएको बेला उनले बालिका माथि जबर्जस्ती करणी गरेको भन्ने पिडितको आमाले जाहेरी दरखास्त दिए पछि उनलाई मंगलबार उनकै घरबाट पक्राउ गरि जिल्ला अदालत दाङबाट ५ दिनकाे म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य राणाले बताए।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार