आफू कार्यरत बिमा कम्पनीको बिमित ग्राहकको रकम कम्पनीमा दाखिला नगरी हिनामिना गरेको आराेपमा एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप-शाखा हाेलेरी राेल्पा शाखाकाे अपरेशन सपाेर्ट पदमा कार्यरत रहेका सल्यानकाे शारदा नगरपालिका -४ घरभई हाल दाङकाे घाेराही उपमहानगरपालिका – १५ बस्ने ३१ वर्षिय गणेश पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

उनले उक्त शाखामा जाेखिम बहन बिमा गरेका ५६ जना बिमितकाे १८ लाख ६७ हजार ७०१ रुपैयाँ कम्पनीको सफ्टवेयरमा दाखिला नगरी आफुखुशी हिनामिना गरेको पाइएपछि उनलाई शुक्रबार पक्राउ गरि जिल्ला अदालत राेल्पाबाट अपराधीक विश्वासघात सम्बन्धि कसुरमा १० दिनकाे म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंले बताए।

उनी अहिले घोराही स्थित हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड लुम्बिनी उपप्रादेशिक कार्यालयमा कार्यरत रहेका थिए।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार