राेल्पामा चट्याङ लागेर एक किशोरीकाे मृत्यु भएको छ।
गए राति करिब १२ बजेतिर आएको भीषण हावाहुरीसहितको चट्याङले सुनिलस्मृति गाउँपालिका – ५ काप्जिङ बस्ने झम्के खत्रीकी १६ वर्षीया छोरी धनमाया खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
उनिहरु घरमा सुतिरहेका बेला चट्याङ परेको थियोे। चट्याङ लागेर उनका १५ वर्षीय छोरा नवीन खत्री र साेहि ठाउका टिका बहादुर घर्तीकी १३ वर्षीया छोरी लिला घर्ती घाइते भएकाे र उनिहरुकाे स्वास्थ्य चौकि क्वालीगाउँमा उपचार भइरहेकाे छ।
गएरातिकाे हावाहुरीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएकाे र त्यसकाे विवरण प्राप्त भइरहेको राेल्पा प्रहरीले जनाएको छ।