शाखा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका १ फुलिवन रोल्पाको माघ महिनाको स्टाप बैठकले शैक्षिक भ्रमणको प्रस्ताव पारित गर्यो ।
भ्रमणमा दुरदराजमा रहेको कुनै एक नमुना विद्यालयमा पुगेर भौतिक शैक्षिक लगाएतका त्यस विद्यालयहरुले अनुशरण गरेका राम्रा अभ्यासहरु सिक्ने उद्धेश्यका साथ फागुन २ गते शुक्रवार रोल्पाको उत्तरी भागमा रहेको वीर बलभद्र नमुना माध्यमिक विद्यालयमा एक दिने शैक्षिक भ्रमण जाने निर्णय भयो । फागुन २ दिन चिसो मौसम थियो फुलिवनबाट २ वटा जीपमा एक वटामा शिक्षक र अर्को एकमा विद्यालय व्यवस्थान समिति शिक्षक अभिभावक संघ र जनप्रतिनिधिहरु लगाएत बसेर हाम्रो यात्रा फुलिवनदेखि प्रारम्भ भयो । फुलिवनबाट उवाको बेशी गाउँ ठुलो गाउँ हुदै पुसबाङको उकालीबाटो हुदै थर्पुडाँडाँमा बिहानको १० बजिसकेको थियो ।
थर्पुबाट उवाको माथिल्लो भेगका प्राय बस्तिहरु र जन्तरे पहाड लगाएत अवलोकन समेत गर्दै हामी सामूहिक फोटो सेसन तथा केही समय आराम गरियो ।१० बजे र ३० मिनेट पछि फेरी हाम्रो यात्रा सुरुभयो । यात्राको दौरानमा साथिहरु बीचमा रमाइला कुराकानीका साथ अगाडी बढिरहदाँ साबिकको थबाङ गाउँ बिकास समितिमा पर्ने मागेखर्क अर्थात् थबाङ प्रवेशको पहिलो गाउँ हुदै सलापधुरी काटेको पत्तैभएन् । जब सलापधुरी काटियो आँखै अगाडी सिस्ने हिमालको अवलोकन गरियो । जलवायु परिवर्तनको कारण हुन सक्छ सिस्ने हिमालमा हिउँ निकै कम देखिन्थ्यो । जबकी माघ फागुन महिनाभर हिमालहरु निकै सेताम्मे हुने दिन हो । सिस्ने हिमाल हेर्दा हेर्दै थबाङ प्रवेशको दोस्रो गाउँ फुन्टीबाङ पुगियो छ । जब सलापधुरी काटियो थबाङको भुभाग नै निकै फराकिलो र सुन्दर अवलोकन गर्दै ऐतिहाँसिक गाउँ थबाङ दिउँसो १२ बजे पुगियो ।
थबाङ गाउँको छेउमा रहेको एसपि होटेलमा खाना खाइसकेपछि हाम्रो प्रधानाध्यापक खिमबहादुर बिष्ट सर र हाम्रो अन्तिम गन्तव्य भएको वीर बलभद्र नमुना माध्यमिक विद्यालय थबाङ रोल्पाका प्रधानाध्यापक कुलबहादुर वली सरसँग फोन संवाद भयो । वली सरले आउनुस भनेपछि हाम्रो टिम विद्यालय तर्फ साढे १२ बजे गयौं । थबाङ गाउँको मुनि रहेको झोलङ्गे पुल तरेर हामी विद्यालयको नजिकै पुग्यौं । विद्यालय माथि बन्दै गरेको अस्पताल र ठुलो खेलमैदान यस्तो पहाडमा पनि यति सुन्दर अस्पताल अनि यति ठुलो खेलमैदान हाम्रो भ्रमण टीम छक्क पर्दै अगाडी बढ्यौं । विद्यालय प्रवेश गरिसकेपछि हेड सर कुलबहादुर वली सरलगाएत अन्य सर म्यामहरुले स्वागत गर्नुभयो ।
थबाङका अभिभावक एवम् नेकपाका स्थायी कमिटी सदस्य सन्तोष बुढा मगर सरले शिक्षक स्टापहरु सँग विद्यालय बारेमा अन्तरक्रिया तथा छलफल चलिरहेकोले हामीलाई हेड सरले विद्यालय व्यवस्थापन समिति अध्यक्षको कार्यकक्षमा पर्खिन अनुरोध गर्नुभयो । हामी करिब १ घण्टा विद्यालय हाता भित्र रहेर हाम्रो टिमको सामूहिक फोटो सेशन तथा बाहिरी संरचना हेरियो । विद्यालयको कार्यक्रम सकिएपछि हाम्रो भ्रमण टिमलाई विद्यालयका हेड सर लगाएत अन्य सरहरुले विद्यालयमा रहेको डिजिटल बोर्डबारे जानकारी बोर्डको प्रयोग बारेमा देखाउनुभयो साथै विद्यालयको बालबिकास केन्द्र देखाउदै बाल बिकास केन्द्रकी शिक्षक मनरखी रोका मगरले जानकारी गराउनुभयो विद्यालय नमुना हुनुमा बालबिकास केन्द्रको मुख्य भूमिका रहेको देखियो कुनै सुविधा सम्पन्न शहरमा रहेको भन्दा कम थिएन्न बालबिकास केन्द्रमा शिशु कक्षा र केजी गरि दुई वर्षे रहेछ शिक्षाको जग नै बालबिकास भएकोले बालबिकासमा लगानी गरिएको पाइयो ।
त्यस्तै विद्यालयमा २ बेडको स्वास्थ्य शाखा र एक जना विद्यालय नर्सको व्यवस्था गरिएको रहेछ । त्यस्तै परीक्षा शाखा जहाँ परीक्षाका सम्पूर्ण कामकाज गरिने रहेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको छुट्टा छुटै कार्यकक्ष रहेछ ।
त्यस्तै विज्ञानका आआफ्नै संकायको कार्यकक्ष तथा बल्कहरु छुट्टाइएको रहेछ । ६ वटा कोठामा विज्ञान प्रयोगशाला भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान लगाएतको आफ्नै कक्षाकोठा र प्राविधिक प्रयोगशाला,कम्प्युटर प्रयोगशाला सहित रहेछ । विद्यालय प्रवेशमै सालिन सच्चा स्वभावका हेड सर अत्यन्तै सहयोगी मिलनसार पाइयो । उहाँले विद्यालयको बारेमा सरल र मिजासिलो रुपमा संक्षिप्त जानकारी गराउनुभयो । वि.सं. २०१५ सालमा रोल्पा जिल्लाको तेस्रो माध्यिक विद्यालयको रुपमा रहेको सुरुमा हिमालय जलजला बाल प्राथमिक पाठशाला रहेको थियो भने वि.सं. २०२७ सालमा वीर बलभद्र नि मा बि को रुपमा स्थापित भएको थियो ।भने वि.सं. २०३५ सालमा जिल्लामा तेस्रो माध्यमिक विद्यालयको रुपमा स्थापित भएको रहेछ । वि.सं. २०६५ सालमा प्लस टुको सम्बन्धन प्राप्त भएको विद्यालयमा । वि.सं. २०७३ साल बैशाखदेखि माध्यमिक तह कक्षा ९ मा प्राविधिक धार तर्फ बाली विज्ञान विषयको कक्षा संचालन अनुमति र २०७६ जेठ १० गते नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा छनोट भएको रहेछ । साथै विद्यालयको ६ वटा आरसिसि भवन २२ वटा कक्षाकोठा रहेछ भने कच्ची भवनको ८ वटा कोठाहरुमा एक वटामा पुस्तकालय २ कोठाहरुमा स्टोर र बाँकीमा होस्टेल संचालन गरिएको रहेछ । साथै विद्यालयको भौगोलिक क्षेत्रफल ५२८ रोपनी रहेको रहेछ । उक्त भौगोलिक क्षेत्रमा विद्यालय भवनहरु खेलकुद मैदान तरकारी खेती च्याउ खेती कुखुरापालन माछापालन सुँगुरपालन किवी खेती साथै प्राविधिक धार तर्फको कृषि फिल्डको लागि आवश्यक संरचनाहरु समेत निर्माण गरिएको छ ।
विद्यालयको सम्पूर्ण पक्षहरुको अवलोकन गरिसकेपछि अन्तरक्रिया कार्यक्रममा आ-आफ्नो भनाईहरु प्रस्तुत गरियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अजय घर्ति मगरले दुर्गम पहाडको यो गाउँमा गरिब निमुखाहरुको छोराछोरीहरु पढाएर एसइइ पास गराउँनु ठुलो कुरा भएको बताउनु भयो उहाँले भन्नुभयो शिक्षामा सुधार ल्याउँन समुदायको प्रयास नै सबैभन्दा ठुलो भएको समेत बताउनु भयो । समग्रमा थबाङले शिक्षामा यस्तो नमुना स्कुल भएर आफ्नो पहिचान स्थापित गर्नुमा थबाङबासि जनसमुदायको अथक मेहन्त विद्यालयका हेड सर अध्यक्षलगाएको अथक प्रयासले सम्भव भएको देखियो । विगत ५ वर्ष यता एसइइमा सय प्रतिसत नतिजा ल्याउन सफल र शैक्षिक सत्र २०७५ र २०७८ मा रोल्पा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयमा पनि आगामी शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याउन लागिरहेको हेड सरले बताउनुभयो ।
नेपालमा राणा शासनपछि नेपालमा सार्वजनिक शिक्षालयहरु खुल्न थालेको ९ वर्षपछि वि.सं. २०१५ मा थबाङमा पनि आधुनिक शिक्षाको प्रारम्भ तत्कालिन मुखिया बर्मन बुढा मगरले गर्नुभएको रहेछ । भने थबाङमा आधुनिक शिक्षाको प्रारम्भ हुनुभन्दा ३ वर्ष पहिले वि.सं. २०१३ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएको रहेछ । यसरी थबाङमा आधुनिक शिक्षाको विजारोपन हुनुभन्दा पहिले राजनैतिक चेतनाको विजारोपन भएको रहेछ । थबाङको शिक्षामा एकमत भएर आम अभिभावकहरु लागेको बुझियो भने लगनशिल र असल भिजनको साथ हेड सर लगाएत सम्पूर्ण शिक्षक कर्मचारीहरु लागेर नै थबाङको शैक्षिक क्रान्तिमा होमिएको देखियो साथै कुनै बेला राजनैतिक क्रान्तिका नेतृत्व गर्ने थबाङ अहिले शिक्षाको क्रान्तिको अगुवाई गर्दै दुर्गम र राज्यको आँखाबाट टाढा रहेको गाउँमा नमुना विद्यालय मार्फत गरिब उतपिडन जनताको छोराछोरीलाई गाउँमै गुणस्तरी शिक्षा प्रदान गरिरहेको छ ।थबाङलाई अझै सफलताको शुभकामना ।यो पुनित र उदाहरणीय कार्यको लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष आदरनिय दाजु अजय घर्ति मगर प्रधानाध्यापक कुलबहादुर वली सरलगाएत सम्पूर्णलाई धन्यबाद तपाईहरुबाट धेरै धेरै सिक्ने अवसर प्राप्त भयो ।आगामी दिनहरुमा पनि थप सिक्ने आशा र अपेक्षा प्रकट गर्दछु ।
लेखक श्री शाखा आधारभूत विद्यालय सुनछहरी गाउँपालिका १ फुलिवनमा कार्यरत शिक्षक हुन।