नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ।

आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।

यो सँगै तेस्रो वर्ग अन्तर्गतका शहरहरु काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार