माघ २९ काठमाडौ – नेकपा प्रचण्ड-माधव समुहकि केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई करिब ६ घण्टा साेधपुछ पछि प्रहरीले छाेडेकाे छ।

राज्य विरुद्धको कसुर अन्तर्गत राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको आरोपमा नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार दिउसो १२:३० बजे उनकै निवासबाट पक्राउ गरेकाे थियाे । श्रीमान् पशुपति पुरीको जिम्मा लगाएर महानगरीय अपराध महाशाखाले छाडेको हो ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका सूचना अधिकारी कृष्ण कोइरालाका अनुसार अखिल नेपाल महिला संघको उजुरीका आधारमा र गोरखामा उहाँले दिनुभएको अभिव्यक्तिको बारेमा गृहमन्त्रालयले चासाे राखेपछि साेधपुछकाे लागि पक्राउ गरिएको स्पष्ट पारे। झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको भनेर प्रहरी कार्यालयमा लिखित जवाफ स्वरुप कागज गरेपछि अन्य बिनासर्त छाडिएको महाशाखाका प्रहरी अधिकारी काेइरालाले बताए। झाँक्रीले यसअघि पनि उनकाे अभिव्यक्तिमा राष्ट्रपति संस्थाकाे विरोध नगरेकाे तर त्यहाकाे काम कारवाही जनताको हित र संविधान विपरित गरेकाे बताउदै आएकी थिइन। याे राजनीतिक विषय भएकाले सडकबाट अभिव्यक्ति राख्दैमा कानुन लादन नमिल्ने पनि बताएकि छिन।

रिहाइ पछि संक्षिप्तमा आफ्नाे भनाइ राख्दै झाँक्रीले भनिन `अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लडाइ निरन्तर रहने छ।´’लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’

संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने झाँक्रीले थपिन । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,’ उनले भनिन्, ‘राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’

संवैधानिक पदहरूमा पुग्ने पात्रहरूका गतिविधिमाथि प्रश्न गर्नुपर्ने उनको भनाइ छ । ‘राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो । तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृत्ति देखाउँछन्, संविधान र कानुनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइँमा सडकमा बाँकी छ ।’

याे पनि
नेतृ रामकुमारी रिहाइको माग गर्दै सर्वाेच्चमा रिट,राज्यविरुद्धको कसुरबारे के उल्लेख छ ?
नेकपा नेतृ रामकुमारी झाँक्री आफ्नै निवासबाट पक्राउ

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार