लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले संघीय सरकारले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई उपेक्षा गरेको बताएका छन।

लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसँग समन्वय एवं सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम (पहिलो सेट) सिद्धार्थ होटेल लमही दाङमा आयाेजित अन्तरक्रियामा बाेल्दै मन्त्री पुनले भने- ´जनताको स्वास्थ्य अवस्था दयनीय छ, ´हाम्रो बजेटले मात्रै पुग्दैन । तर, संघीय सरकारले प्रदेशले गर्छ भन्दै उपेक्षा गर्छ ।’

जनता संघका र प्रदेशका अलग-अलग नहुने भन्दै जनताको जीवनरक्षा गर्ने दायित्व तीनै तहका सरकारको भएको र जनताको समस्या समाधान गर्न तीन तहका सरकारले एकिकृत योजना बनाउनुपर्ने भन्दै प्रदेश सरकारले मात्रै स्वास्थ्य क्षेत्रमा सबै काम गर्न नसक्ने हुदा त्यसका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन।

पहिलो सेटको कार्यक्रममा बाँके, बर्दिया, दाङ र अर्घाखाँची जिल्लाका स्थानिय सरकारका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य कार्यालय प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार