माघ २२ प्युठान – स्वर्गद्वारी नगरपालिका वडा नं.२ लिब्जाकि विवाहित एक युवती गत साता देखि परिवार बाट सम्पर्क बिहिन भएकि छिन।
बुवा देब बहादुर रोका र आमा देमा रोकाका छोरा किरण रोका मगरको श्रीमती अन्दाजी १६/१७ वर्षिय निशा घर्ती हुन। माइती तर्फको बुवा दिन बहादुर घर्ती आमा तुल्सा घर्ती कि छोरी हुन। गत माघ १६ गते घरपरिवार संग माइती स्वर्गद्वारी नगरपालिका ३ बर्तन आफ्नो माइती भाउजू घर जान्छु भनी अपरहान्ह ४:३० मा आमा,बुवा संग भाउजू बिरामी हुनु हुन्छ हस्पिटल लिएर २/३ दिन पछि आउँछु भनेर गएको पारिवारिक स्रोतले बताएको छ।
त्यसपछि उनी र भाउजु हस्पिटल भिङ्री सम्म पुगि भाउजूलाई किमिचौर देखि पठाइएको र म घर जान्छु भनी किमिचौर देखि भिङ्री तर्फ आएको उनकाे भाउजूको भनाइ छ। तर त्यसयता अहिले सम्म घर फर्किएकि छैनन्। माइती घर लगायत आफन्त नातेदारहरुकाेमा सबै तिर साेधपुध गर्दा पनि अझै सम्म सम्पर्कमा नआएको बताइएको छ।
परिवारले खाेजिकार्यकाे लागि सबैलाई अनुराेध गरेकाे छ। जो कोहिले देख्नु हुने र फेला पार्नु हुने महानु भाबले नजिकको प्रहरी चौकी अथवा स्वर्गद्वारी न्युज परिवार, स्वर्गद्वारी प्युठान बिष्णु खनाल,
हराएकि निशाकाे श्रीमान किरण रोका :+918129075818,
देब बहादुर रोका,+9779822938308
सुरेश घर्ती:+919821191755,
नवराज राना मगर imo:+919896181977 Whatsapp/Viber: +917988654468