माघ १८ काठमाडौ –  प्रतिनिधिसभा विघटन भएपछि सिफारिसबारे संसदीय सुनुवाइ सम्भव नभएपछि  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्‌द्वारा विभिन्न आठ आयोगमा सिफारिस गरेका नामहरू फिर्ता  पठाइदिएका छन्।

तस्बिर : सामाजिक संजाल, सभामुखले पठाएको पत्र

परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो। ती नाम संसदीय सुनुवाइको निम्ति संसदमा पठाइएको थियो। गत मंसिर ३० गते बिहान ९ बजे परिषद्को बैठकमा गणपूरक सङ्ख्या नपुगेको र त्यही दिन अध्यादेश जारी भयाे त्यसै दिन साँझ ५ बजे बसेको बैठकले नियुक्तिका लागि सिफारिस गरिएको पृष्ठभूमि राख्दै पत्रमा उक्त निर्णय ‘संविधान, संवैधानिक परिषद् ऐन र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत भएको सभामुखको भनाइ छ।

कुन आयोगमा कसको नाम सिफारिस भएको थियो?

१.अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्तमा भूतपूर्व गृहसचिव प्रेमकुमार राई
आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल

२.निर्वाचन आयोग
आयुक्तमा अधिवक्ता रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर

३.राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर
सदस्यमा मनोज दुवाडी, सूर्य ढुङ्गेल, लिली बस्नेत, मिहिर ठाकुर

४.वित्त आयोग
सदस्यमा जुद्धबहादुर गुरुङ र अमरबहादुर मिश्र

५.महिला आयोग
अध्यक्षमा कमला पराजुली
सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा

६.मधेशी आयोग
सदस्यमा जिवछ शाह, रेणुदेवी शाह र विजय गुप्ता

७.आदिवासी जनजाति आयोग
अध्यक्षमा रामबहादुर थापा

८.थारू आयोग
सदस्यमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह चौधरी र भोलाराम थारू

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार