माघ १० रोल्पा  – जिल्लाकाे गंगादेव गाउँपालिका ३ बडाढुङ्गा निवासी स्थायी शिक्षक महेश कुमार केसीको बिहिबार दुर्घटनामा परि मृत्यु भएको छ ।

अहिले चलिरहेको अर्ध वार्षिक परीक्षा गराएर विद्यालयबाट दिउँसो दुई बजे सबै शिक्षकहरु घर फर्किए शिक्षक केसी घरमा नगएरै घरायसी काममा लागि उनी काम तिर लागे। उनले घर बनाउनकाे लागि दारकाे तयारीकाे लागि कामदार लगाएका थिय। साेहि काम हेर्न जादा माथिबाट लडदै आएकाे काठकाे मुढा उनिमाथि बर्जियकाे बताइएको छ। त्यस पश्चात् गम्भीर घाइते भएका केसीलाई उपचारकाे लागि राप्ती प्रादेशिक अस्पताल दाङमा लिए लगतै डाक्टरले मृत्यु भएको पुष्टि गरेका थिए।

२०२८ सालमा जन्मेका शिक्षक केसी इमान्दार कर्मठ शिक्षकको रुपमा परिचित थिए । उनिकाे समाजसेवा तथा शिक्षक नेताका रुपमा पनि उतिकै सबैकाे लाेकप्रिय थिए। नेपाल शिक्षक संघ राेल्पाबाट प्रदेश अधिवेशन प्रतिनिधि समेत थिए । केसी नेपाली काँग्रेस क्रियाशिल सदस्य पनि हुन।

शिक्षक केसी लामाे समय देखि शिक्षण पेशामा आबद्ध थिए। मिति २०५२ साल जेठ ०३ गतेको विदयालय सन्चालनको चिठिसहित २०५२ साल जेठ १४ गतेदेखि साविककाे ओत गा वि समा तत्कालीन जनता प्रा विकाे संस्थापक प्रधानाध्यापक समेत हुन। उनले उक्त विदयालयमा २०७१ साल जेठ २३ गते सम्म करिब १९ वर्ष १० दिन सम्म अध्यापन गरेका थिए। त्यसपछि भने स्थानीय विदयालय गणेश आधारभूत विदयालयमा अध्यापनरत थिए।

उनकाे निधन पश्चात् उनका शुभचिन्तक,स्थानिय बासि, विदयालय परिवार, उनका पुर्व विद्यार्थी, सहपाठी,नेपाली काङ्ग्रेसका पार्टी कार्यकर्ता ता शिक्षक संघ लगायत सबै निकायले विभिन्न माध्यमबाट श्रद्धाञ्जलीृ दिएका छन। उनकाे अन्तिम दाहसंस्कार शुक्रबार अपरहान्ह चार बजे गरिएकाे हाे। अन्तिम श्रद्धाञ्जली दिन नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गाेपाल घर्ती, जिल्ला सदस्य हरि पुन तथा नेपाल शिक्षक संघका प्रतिनिधिले केसीकाे पार्थिव शरिरमा पार्टी र संघकाे झन्डा ओडाउदै सम्मान स्वरुप एक मिनेट मौनधारण गरेेेेका थिए।

प्रकाशित मिति : २०७७ माघ १० गते शनिवार