श्रावण १२ जाजरकोट – जिल्लाकाे कुशे गाउँपालिका –१ स्याँक्रीमा जङ्गली विषालु च्याउ खाँदा आज विहान २ बजे जनक चलाउनेकी ३ वर्षीया छोरी अन्जना चलाउनेको मृत्यु भएको छ ।
उहाँसँगै च्याँउ खाएका ५० वर्षीय टेक बहादुर चलाउने , ३० वर्षीय ललित चलाउने , ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीया पशुपती चलाउने , ९ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भिर विरामी भएको कुशे गाउँपालिका १ का वडा अध्यक्ष गोपाल नेपालीले बताउनुभयो । तीन घर परिवारका यि सवैले संगैैैैैैै च्याउ ल्याएर खायकाे बताएको छ ।
विरामीको उद्धारका लागि वर्षादकाे समय भयकाले गाडिकाे सम्भव नभयकाे हुदा हेलिकप्टरकाे व्यवस्थाका लागि सम्बन्धित निकाय संग समुन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपि किशोर श्रेष्ठले जानकारी दिनुभयो । उक्त घटनास्थल सदरमुकाम खलंगाबाट झण्डै दुई दिनको पैदल दुरीमा पर्दछ ।