बुवाकाे दुवै मृगौला फेर्नु पर्ने भएपछि बुवाकाे उपचारार्थ आर्थिक सहयाेग गरिदिन छाेरीले अपिल गरेकि छन।

राेल्पाकाे गंगादेव गाउँपालिका -२ निवासी चन्द्रा वलीले आफ्नो बुवा हरिप्रसाद वलीकाे दुवै मृगौला फेर्नुकाे विकल्प नभएपछि सबैमा सहयाेग मागेकि हुन। यसै पनि सामान्य वली परिवारमा जटिल प्राणघातक राेगले छाेएपछि उपचार गर्दा गर्दै करिब ५/६ लाख सकिएर पनि अन्तमा दुवै मृगौला फेर्नुकाे विकल्प नभए पछि आर्थिक संकटमा परेकाे छाेरी चन्द्राले बताइन।

दाङकाे घाेराही देखि उपचार सुरु गरेका हरिप्रसादलाई चितवन, काठमाडौ र अन्तमा भारतकाे लखनउ लिएपछि मात्रै मृगौला न‌ै फेर्नुकाे विकल्प नरहेको डाक्टरले सल्लाह दिएकाे उनले बताइन।
उपचारार्थ सहयाेग गर्न चाहने जाे कसैले पनि तलकाे बैंक खातामा बचत गरिदिन चन्द्राकाे अपिल छ।

घरकाे व्यवस्थापन गर्ने अभिवावक न‌ै थलिएपछि अहिले घरकाे जिम्मेवारी र बुवाकाे उपचार समेत गर्नुपर्ने जिम्मेवारी छाेरी चन्द्रामा आएपछि आफू संग भएको पैसाले अहिलेसम्म उपचार गर्दै आएकाेमा अहिले आफुसंगकाे पैसा पनि सकिए पछि थप सहयाेगकाे अपिल गरेकि छन।

साेहि गाउँपालिका वडा नं -३ काे कार्यालय सहयाेगी रहेकि चन्द्राले आफ्नाे कमाइ समेत बुवाकाे उपचारमा लगाइ सकेर केही जग्गा बेचेर पनि उपचार पूरा नभएपछि बाहिर सहयाेग माग्नु परेको बताइन। दिदिहरुकाे बिहे भइसकेको र भाइहरु सानै रहेको हुदा आफ्नो कतै आम्दानीको स्राेत पनि नभएकोले समस्या परेको उनी बताउछिन्।

दु:खमा गुज्रिएकि चन्द्रा

उनी पनि विवाहित र एक सन्तानको आमा समेत हुन। बिहे गरेकाे एक वर्षमै श्रीमान गुमाएकि चन्द्रा माइतीमा बस्दै आएकि र माइतीमा बुवाकाे हेरचाह गर्दै आएकि थिइन।

श्रीमानकाे निधन भएकाे १० महिनामै सासुसुरा पनि गुमाएकि चन्द्रालाई त्यसपछि झन घरकाे पिडाले झेल्न थाल्याे। त्यसपछि जेठाजुहरुले अंशबन्डा गरिदिए। अंश खाने भए दुई लाख ऋण तिर्नुपर्ने र नत्र अंश नदिने जेठाजुहरुले भनेपछि चन्द्राले आफ्नो छाेराकाे लागि भएपनि ऋण तिरेर अंश खाने निधाे गरेकाे र ऋण तिरेर छाेराकाे अंश राखिदिएकाे बताउँछिन्।

छाेराकाे भविष्य बुन्दै कार्यालय सहयोगीबाट आएकाे तलब बचत गरहेकि उनले अहिले त्याे सबै बुवाकाे उपचारमा लगाई सकेको उनको भनाइ छ। अहिले आफ्नाे कर्मघरमा ताल्चा लगाएर माइतीमै बुवाकाे हेरचाह र आफ्नो दैनिकी कार्यालयमा धाउने गरेकाे उनलेे बताइन।

चन्द्रा भन्छिन; `बुवा तपाईंको उपचार गर्न नसकिने भयाे त्यत्रो पैसा सकियाे, जग्गा पनि बेचियाे अब झन मृगौला फेर्नुपर्ने रे पैसा छैन भन्दा बुवाले उसाे भए अब म मर्ने भए नि भन्नुहुन्छ´ त्याे सुन्दा जसरी पनि बचाउनुपर्छ भन्ने लाग्छ तर पैसा छैन।´ चन्द्रा भक्कानिदै भन्छिन।

कहि न कहिबाट सहयाेग जुटे बुवाकाे उपचार गरेर परिवारमा खुशी फर्काउने आशा चन्द्रामा जिवितै छ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार