खोलाले बगाउदा बालककाे मृत्यु भएको छ।
मृत्यु हुनेमा पूर्वी रुकुम पुथाउत्तरगंगा गाउँपालिका घर भई हाल थबाङ गाउँपालिकाको वडा नम्बर १ मा पर्ने तरजुबाङ गाउँमा बस्दै आएकी संगिता विकको दुई वर्षिय छाेरा राज विक रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
बिहीबार साँझ करिब साढे ६ बजेको समयमा थबाङ बजारमा रहेको अस्पतालबाट बिरामी भएका छाेरालाई आमा संगिताले औषधी उपचार गराइ घर फर्किने क्रममा छोरालाई आमाले बोकेर जुरबाङ खोला तर्ने बेला चिप्लो ढुङ्गामा खुट्टा चिप्लिएर खोलामा आमा छोरा लडेर ढलेपछि छोरालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
लडेको ठाउँबाट करिक १ किलोमिटर टाढासम्म बगाएको अवस्थामा स्थानीयले भेटाएर उद्धार गरी शवलाई घरमा लगेको खबर पाए पछि प्रहरी घटना स्थल हुँदै मृतक बालकको घरमा पुगेर शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।