एक अज्ञात समूहले गाउँपालिकाकाे डाेजरमा आगजनी गरेको छ।
मंगलबार राति रोल्पाको त्रिवेणी गाउँपालिकाको रा १ ख २७ नम्बरको डाेजरमा आगजनी भएको गाउँपालिकाले जनाएको छ ।
साेहि गाउँपालिका–४ खबाङ नजिकै सडक मर्मत गर्ने क्रममा राखिएको उक्त डाेजरले गाउँपालिकाको सबै वडाका सडक मर्मत र निर्माण गर्ने क्रममा उक्त मेसिनलाई प्रयोग गर्दै आएको र वडा नम्बर ४ को सडक मर्मत गर्ने क्रममा उक्त डाेजर मंगलबार खबाङमा पुर्याइएको समयमा आगजनी भएको प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए ।
उक्त घटनाबारे जानकारी गराउँदै सुरक्षा निकायलाई अनुसन्धानका लागि सहयाेग गर्ने विज्ञप्ति मार्फत प्रमुख प्रशासकीय अधिकृत केसीले बताए। उता जिल्ला प्रहरी कार्यालय राेल्पाले घटनाबारे जानकारी पाएकाे र अनुसन्धान थालिएको बताएको छ।
`घटनाकाे विवरण कार्यालयमा प्राप्त भएको छ, अब अनुसन्धानकाे लागि प्रहरीले आफ्नो तयारी गरेकाे छ अनुसन्धान सुरु गरेका छौ।´ जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए। (साङ्केतिक तस्बिर )