दिन प्रतिदिन बढदाे सडक दुर्घटना र जिर्णद्वार सडककाे अवस्थालाई मध्यनजर गर्दै एक निजामती सेवामा कार्यरत कर्मचारीले माननीय मन्त्रीहरुलाई सुझाव दिएका छन।
सुझाव दिनेमा निजामती सेवामा कार्यरत कर्मचारी हुन कर्णाली प्रदेश अन्तर्गत सल्यानकाे कपुरकाेट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा कार्यरत भरत कुमार वली।
उनले विशेषगरी देशभरिकै समस्या उठान गर्दै संघका मन्त्रीहरुलाई विभिन्न बुदागत रुपमा सुझाव पत्र लेखेका छन। उनले तयार गरेकाे सुझाव पत्रमा ५ मुख्य गरि अन्य सहायक बुदा छन।
प्रमुख प्रशासकीय अधिकृत वलीले लेखेका छन: माननीय मन्त्रीहरुलाई सुझाव- देशभरिकै जाेखिम पुर्ण सडक घुम्ती (माेड)हरुलाई सुधार अभियान चलाउने देखि मन्त्री स्वयंम आफै प्रतिबद्धता जनाएका ठेक्कालाई नियमित गर्न सफ्टवेयर विकास गरि कार्यन्वयनमा ल्याउनु पर्ने।
त्यस्तैगरि निर्माण व्यवसायीले काम पूरा नगरी छाेडेकाे खण्डमा ब्लकलिष्ट गर्नुकाे सट्टा क्षतिपूर्ति तिराउने गरि खरिद नियमावली संशोधन गर्ने लगाएतका सुझाव दिएका छन।
सुझाव पत्रकाे पुर्णपाठ: