युवालाई देशको मेरुदण्ड मानिन्छ।युवालाई राष्ट्र परिबर्तनको सम्बाहक रुपमा पनि चिनिन्छ।१८ बर्ष देखि ४० बर्ष उमेरसमुहको बिचको नागरिकलाई युवा भनिन्छ।

यद्यपि हाम्रो मुलुकको राजनीतिमा भने मध्य अवस्था र ६० बर्ष नाघि सकेका लाईपनि युवा भन्ने गरिन्छ।स्वास्थ्यको दृष्टिकोणले युवा अवस्थामा शरिरमा बिकास हुनुपर्ने सम्पुर्ण पक्षको बिकास हुने भएकाले यो अवस्थालाई पुर्ण अवस्था मानिन्छ।अर्थात यस अवस्थामा मानिस दन्दुरुस्त हुनुका शाथै उर्जाले भरिएको हुन्छ।युवा अवस्थामा मनोबैज्ञानिक पक्ष,संबेगात्मक पक्ष,सामाजिक पक्ष,राजनैतिक पक्षपनि विकसित भैसक्ने भएकाले यो अवस्था परिपक्वताको अवस्था हो।एउटा युवाले आफ्नो परिवार,सामाज र सिङ्गो राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गर्न सक्दछ।

हाम्रो मुलुक नेपालको इतिहासका हरेक क्रान्ति र परिबर्तनमा अथक भुमिका रहेको छ।ताजै उदाहरण हेर्ने हो भने १० बर्षे माओवादी जनयुद्धमा युवाहरूको महत्वपूर्ण र प्रमुख भुमिका रहेको छ।देशमै बाताबरण सृजना गर्न सकेमा युवाहरूले देश बनाउन थुप्रै योगदान गर्न सक्छन्।चाहे त्यो श्रम गरेर होस् चाहे ज्ञान सीप प्रयोग गरेर वा सिद्धान्त र बिचार निर्माण र कार्यान्वयनले।कथनमा भनिए जस्तै युवा साच्चिकै राष्ट्र परिबर्तनका सम्बाहक नै हुन्।तर हाम्रो मुलुक नेपालका अधिकांश युवाहरू भने खाडीमा श्रम बेचिरहेका छन्।देशमा रोजगारीको वातावरणनै छैन।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ। जसमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। बेरोजगारमध्ये बसोबासका आधारमा छ लाख ४० हजार शहरी क्षेत्रमा र दुई लाख ६८ हजार ग्रामीण क्षेत्रमा छन्। तथ्यांकका अनुसानुसार करिब ६० लाख भन्दा बढी युवाहरू खाडी र अन्य मुलुकहरूमा श्रम बेचिरहेका छन्।यि मध्य कतिले बेदेशमै दु:ख यातना भोगिरहेका छन्।

नेपालमा सर्वहारा बर्गका नाममा पटकपटक युवाकै बलमा क्रान्ति सम्पन्न भए तर आज युवाहरु रोजगार अभावले खाडी जान बिबश छन्।स्वदेशमा भएका अधिकांश युवाहरू बेरोजगार बन्नुले उनीहरुको जन जिबिकालाई मात्र असर पुग्ने होईन।यसले मुलुककै अर्थतन्त्र कम्जोर बन्न पुग्दछ।नेपालका शहरी र ग्रामीण क्षेत्रका लगभग ८०% युवाहरु आफ्नो जिबन कालमा एकपटक खाडी पुगेर फर्किनै पर्ने बाध्यता छ।खाडी पुगेका युवाहरु कति घाइते भएर फर्कन्छन भने हरेक सरदर ३ जना रातो काकसमा लाश बनेर फर्किने गर्दछ्न।हामि यो सब स्विकारेर बसेका छौँ।सरकार साक्षी बसेको छ।इतिहासबाट अहिले सम्म देश हाकिरहेकाहरु भने ६० बर्ष काटेकाहरु छन्।

आज बेरोजगार युवाहरूलाई हरेक आश्वासन देखाएर दल र नेताहरूले चुनावी प्रयोगको साधन बनाएका छन्।युवाहरू संकट र अभावसंग जुधिरहेका छन्।स्वदेशमै केहि गर्ने बाताबरण नहुँदा छातीमा राष्ट्रियता र शिरमा स्वाभिमान बोकेका पढेलेखेका युवाहरूपनि आज बैध/अबैध बाटोबाट रुदै देश छोडिरहेका छन्।तिनै युवाहरूले खाडीमा रगत र पसिना बगाएर भित्रीएको रेमिटेन्सबाट नेता र सरकारहरु रोमाञ्च गरिरहेका छन्।महँगा गाडीमा हुईकिरहेका छन्।कुर्सीका लागि खिचातानी गरिरहेका छन।नेपाल आमाको छातीमा उफ्रिएर महंगा महंगा बुट बजारीरहेका छन्।भ्रष्टाचार मौलाईरहेको छ।अह सरकारलाई कहिल्यै देशका बेरोजगार युवाको याद आएन।

खाडीमा आशु,खुन,पसिना बगाएका युवाको फिटिक्कै याद आएन।अबो त अत्ति भो उठ युवा हो।देश चलाउने हिम्मत गर युवा शक्ति।समय आइस्क्यो फर्क छिटो यता नेपाल आमा रुदैछिन देश बनाउने युवाहरू कहिलेसम्म खाडीमा?

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार