चैत १३ राेल्पा – जिल्लाकाे दक्षिणी क्षेत्रमा अवस्थित होलेरी बजारलाई सरसफाइयुत्त बजार बनाउने उद्देश्यले बालाराम बुढा नेतृत्व स्थानिय सरकारले २०७५/०७६ सालमा होलेरी बजारका ठाउँठाउँमा फोहोरदानी राखेको थियो।

केहि समयसम्म फोहोरदानीहरु राखेकै ठाउँमा थिए।स्थानियहरुले सड्ने नसड्ने फोहोर राख्ने गर्दथे।तर पछिल्लो समय तिनै फोहरदानी एकपछि अर्को हुँदै हराइरहेका छन्। स्थानीय सरकारले राखिदिएको साझा वस्तु समुदायको सम्पत्ति हो।तिनलाई सुरक्षा गर्ने स्थानियको पनि भुमिका हो।तर फोहोरदानीहरु रातीको समयमा हराउने हुँदा स्थानियहरु पनि अचम्मित बनेका छन्।

एक ठाउँमा दुईवटाको दरले फोहोरदानी राखिएको थियो।अहिले कुनै ठाउँमा एउटा बाँकि छ भने कुनै ठाउँमा त दुबै हराएको अवस्था छ।प्रत्येक हप्ताको फोहोर लिन गाउँपालिकाको गाडी आउँने गर्छ।तर फोहोरदानी अभावले गर्दा बिचमा स्थानियले थुपारेको फोहोर छताछुल्ल हुने गर्दछ।यसबाट बजार फोहोर हुनुको साथै प्रदुषण पनि फैलिने स्थानियहरुको चिन्ता छ।

रुन्टीगढी गाउँपालिकाले भने यस बिषयमा कुनै चासो देखाएको छैन।गाउँपालिकामा ८ जना नगरप्रहरीहरु छन्।तर ति नगर प्रहरीहरु गाउँपालिका परिसर छोड्दैनन।सार्वजनिक सम्पत्तिहरु रक्षा र हराएमा खोजि गर्नु पर्ने जिम्मा पालिकाको भएपनि फोहोरदानी हराएको बिषयप्रति गाउँपालिकाले चासाे दिएको देखिदैन। फोहोर ब्यबस्थापनमा कठिनाई हुने गर्मी याममा महामारी फैलने सक्ने जस्ता जोखिम रहेको स्थानीय ईश्वर के.सीले बताए।

अर्कोतिर राज्यकोषको लगानीबाट किनेको सामाग्री हराउदा स्थानिय सकारले खोजी गर्न र पुनः ब्यबस्थापन गर्न नसक्दा स्थानियहरु चिन्तित बनिरहेका छन्। बजार क्षेत्र पुन: पुरानै अवस्थामा फाेहाेर बन्न लाग्दा समेत स्थानीय सरकार बेखबर जस्तै छ।

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार