चैत ११ राेल्पा – रुण्टीगढी गाउँपालिका वडा नम्बर ५ का पुर्णलाल बि.क.ले होलेरीमा आरन पेशा गर्दै आएका छन।

बाउबाजेको पेशा पनि आरन नै हो। बि.क अहिले ६५ वर्षका भए। १३ वर्षको उमेरदेखि उनले पुर्खाको यहि पेशा समाहाल्दै आएका छन। कुनैबेला हाम्रो समाज यस्तो थियो कि माथिल्ला जाती भनिनेहरुले तल्लो जातिलाई हेला गर्दथे। यति सम्मकि उनिहरुले बनाएको धारा चल्थ्यो पानी चल्दैनथ्यो।

उनिहरुले बनाएको मुर्ति चल्थ्यो मन्दिर चल्दैनथ्यो।यतिसम्म कि दलितहरुलाई घरमा प्रबेश निषेध समेत गरिन्थ्यो। यहीँ तितो इतिहास बोकेको समाज अहिले परिबर्तन भइसकेको बि.क.ले अनुभव सुनाउछन। आफू दलित भएकै कारण पहिले छोएको पानी नचल्ने त छदै थियो यति सम्मकि आफू भन्दा साना उमेरकाले समेत तँ भनेर सम्बोधन गरेको अबस्था सम्झदै अहिले समाज धेरै परिवर्तन भइसकेको उनी बताउँछन। “पहिले समाजमा निक्कै जातिय भेदभाव,छुवाछूत जस्तो नराम्रो प्रथा थियो।त्यो समयमा मलाई मात्र होइन मेरो बुवा अनि वृद्ध हजुरबुबा समेतलाई गाउँका साना उमेरका माथिल्लो जाति भनिनेहरुले तँ भनेर सम्बोधन गर्दथे।आरन बसेर हामिले बनाएको भाडाकुडी उनीहरुले प्रयोग गर्थे।तर कामी भनि हामिलाई हेला गर्थे।हामिले छोएको पानी पिउदैन थिए।फेरि हामिले बनाएको औजार नै प्रयोग गर्दथे।”तर अहिले समाज धेरै परिबर्तन भइसकेको उनि भन्छन।”

अहिले समाजमा बिस्तारै चेतनाको स्तर बढ्दै गएको छ।पहिले जस्तो भेदभाव छैन।बरु उल्टै हाम्रो सीपको प्रशंसा गर्छन्।मानिस मानिस एउटै हो भन्ने चेतना बिकास हुँदैछ।अहिले हामिले छोएको पानी लगाएत खानेकुरा मज्जाले खाइदिन्छ्न।निकै खुसी लाग्छ।पुर्णलाल बि.क. जस्तै यस क्षेत्रका अरुले पनि समाजमा जातिय छुवाछूत र भेदभाव प्रथाको अन्त्य हुँदै गइरहेको बताउँने गरेका छन्।

प्रकाशित मिति : २०७९ चैत्र ११ गते शनिवार