चैत ०९, सल्यान – सल्यानको शारदा नगरपालिका १ दारिमचौर घर भएका अन्दाजी ४४ वर्षीय डिल्ली बहादुर चनाराको खसेर मृत्यु भएको हो ।
शारदा नगरपालिका १ श्रीनगर स्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा करिब ६ फिट अग्लो बाँसको भर्याङबाट चिप्लिएर बिहीबार दिउँसो साढे १२ बजेतिर उनी घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार चनाराको टाउको गहिरो चोट लागेर बेहोस भएको देखेर स्थानीयले उनलाई परोपकार अस्पताल श्रीनगरमा लगेका थिए । त्यसपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खलंगा लिदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
घरबाट खसेर मृत्यु भएका चनारालाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।