चैत ०७, सल्यान – सल्यानमा एक किराना पसल आगलागी हुदा ५ जना गम्भीर घाइते भएका छन ।
मंगलबार कुमाख गाउँपालिका वडा नं. ४ भण्डारखोलाका शंकर रानाको १ तले टिनको छानाले छुवाएको ३ कोठे कच्ची घरको किराना पसल रहको कोठामा एक्कासि आगलागी हुँदा पसलमा बसिरहेका ५ जना व्यक्ति गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
घाइते हुनेहरुमा पसल साहु २४ वर्षीय शंकर राना, सोही ठाउँका २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना, २० वर्षीय संजिब शाह (शरिरको सम्पुर्ण भाग जलेको हल्का बोल्न नसक्ने सिरियस) अवस्थामा रहेको र १८ बर्षीय क्षेत्रमणी राना (बाँया हात र अनुहारमा जलेको बोल्न सक्ने) अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको र किराना पसलको सम्पुर्ण सामान जलेर नष्ट भएको र क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सन्तोष खनालले बताए ।
घाइतेहरुको उपचारको लागी मिशन अस्पताल चौरजहारी पश्चिम रूकुम लगेको त्यहाँबाट थप उपचारको लागी कोहलपुर मेडिकल कलेज बाँके रिफर गरिएको खनालले जानकारी दिए ।
फाइल फोटो