फागुन ३०, सल्यान – जिल्लाको बागचौर नगरपालिकामा अवस्थित ब्राईट राेजल्याण्ड बाेर्डिङ स्कुल बागचाैरको १६ औं वार्षिकोत्सब सोमबार बृहत सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतमले १६ औं वार्षिकोत्सबको अवसरमा विद्यालयलाई उत्तराेत्तर प्रगतिको शुभकामना दिएका छन । उनले यो विद्यालयले निजि विद्यालयको हकमा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले बागचाैर नगरपालिकाले गुणस्तरीय शिक्षाकाे कदर गर्दै निजि विद्यायहरुलाई पनि अावस्यक निति निर्माणमा सहयाेग गर्ने बताए ।
गौतमले नगरपालिका भित्र रहेका सम्पुर्ण निजि विद्यालयलाई नगरका सम्पूर्ण क्रियाकलापहरुमा सहभागी बनाउदै आएकाे र यसकाे निरन्तरता दिने समेत प्रतिबद्धता गरे ।
कार्यक्रममा विशिष्ट अतिथि उप-प्रमुख सुम्निमा डि.सी. वली , शिक्षा शाखा प्रमुख चित्रा बस्नेत भण्डारी, प्याब्सन सल्यानका उपाध्यक्ष भरत बस्नेत, अतिथिहरु बागचाैर नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेश डि.सी., कार्यपालिका सदस्य रेशम वि.क., नेकपा एकीकृत सामाजवादिका केन्द्रीय परिषद् सदस्य ज्ञानेश्वर के.सी., ने.क. पा. (माओवादी केन्द्र) बागचौर नगर अध्यक्ष शोभाराम भण्डारी, नेकपा एमालेका नगर सचिव शाेभाराम बस्नेत, बागचाैर नगर पशु शाखा कार्यरत लाेकेन्द्र डाँगी, अभिभावक संघ अध्यक्ष कमल वली लगायतको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बार्षिक कार्यतालिका अनुसारका ३५० विद्यार्थीलाई पुरस्कार वितरण गरि सबैभन्दा बढि हाजिरी हुने शिक्षकलाई समेत सम्मान गरिएकाे थियाे ।
विद्यालयका प्रधानाध्यापक ईन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य अंग्रेजी शिक्षक जिवन रसाइलीले गरेका हुन भने कार्यक्रमको सहजीकरण काेडिनेटर खिमराज डि.सी. ले गरेका थिए ।