फागुन २७, सुर्खेत – एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेशको अध्यक्षमा रुकुम पश्चिमका शेरबिर दाहाल चयन भएका छन ।
यही फागुन २५ र २६ गते कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न संगठनको दोस्रो अधिवेशनबाट दाहाल अध्यक्षमा र संगठनको बरिस्ठ उपाध्यक्षमा सल्यानका उमेश बुढाथोकी सर्बसम्मत चयन भएका हुन । यस्तै उपाध्यक्षमा गम बहादुर बुढा (डोल्पा), डम्बर बहादुर सोडारि (सुर्खेत) र महिला उपाध्यक्षमा निठु चौलागाईं (जुम्ला) चयन भएकी छन् ।
त्यस्तै महासचिवमा देवराज चौलागाईं (कालिकोट), अर्थ उपमहासचिवमा हर्क बहादुर वली (सल्यान), उप-महासचिवमा जय रुद्र ढकाल (दैलेख), सचीवमा शोभा अधिकारी (जाजरकोट) र देबिराम तिमिल्सिना सर्बसम्मत चयन भएका हुन ।
यस्तै सदस्यहरुमा सल्यानबाट शेर बहादुर डाँगी, हेमराज केसी, मिनराज वली र सुशिला वली लगायत ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।